• १२ मंसिर २०८१, बुधबार

राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान हुँदै

blog

मतदान गर्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी। तस्बिर: लीलाधर वली

घोराही, माघ २५  गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान गर्नुभएकाे छ । 

घोराही उपमहानगरपालिका–१५ स्थीत कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको करिब एक घण्टापछि मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।

बिहान ११ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि प्रदेश सभा सदस्य २३ जना र स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७२ जनाले मतदान गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयाे ।

मतदानका लागि दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । केन्द्र ‘क’मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि मतदानको व्यवस्था मिलाइएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।