• १२ मंसिर २०८१, बुधबार

डाँडाफया आगलागी पीडितलाई सहयोग आउने क्रम जारी

blog

आगलागी पीडित राहत सहयोग पाएपछि । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, माघ २६ गते । घरविहीन भएर आफन्तका घरमा शरण पर्दै आउनुभएका पीडितलाई खाद्यान्नलगायत अत्यावश्यक सामानहरू गुड नेवर्स इन्टरनेस्नल नेपालको ( जिएनआई ) आर्थिक सहयोगमा ती सामाग्री सहयोग गरिएका हुन् । 

आगलागी पीडित दिपकबहादुुर सिंहले र चामल, सिमी, तेल, सावन, बाल्टी, जग, कम्मललगायतका सामानहरू सहयोग प्राप्त भएको बताउनुभयो । ती सामानहरू आगलागी पीडित चारवटै घरधुरीलाई प्रदान गरिएको छ ।

उक्त सामानको मूल्य ५५ हजार छ । गत माघ २२ गते दिउँसो सो आगलागी भएको थियो । आगलागीबाट दीपक बहादुर सिंह र छक्क सिंहको घर जलेर पूर्ण रूपमा नष्ट भएको थियो ।

अर्का दुई जना कालु सिंह र शक्ति सिंहको घर आंशिक क्षति पुगेको थियो । उहाँहरू एउटै परिवारका सबै दाजुभाइ हुनुहुन्छ । आगलागी भएकै दिन सिमकोट गाउँपालिकाले राहत सामान स्थलगत रूपमा पुगेर पीडितलाई प्रदान गरेको थियो ।

घरबारविहीन भएको कारण आफूहरूलाई धेरै सहयोगको खाँचो रहेको पीडितले बताएका छन् । हाल आगलागी पीडित आफन्तको घरमा बस्दै आउनुभएको छ ।