• ११ मंसिर २०८१, मङ्गलबार

जीवनरक्षाका लागि क्यान्सरपीडित शाहको आग्रह

blog

उपचारको क्रममा नेपालगञ्जका दिवस शाह ।

सिराज खान 

नेपालगञ्ज, माघ १७ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ शान्तिनगरका दिवश शाहले जीवन रक्षाका लागि सबैसँग आग्रह गर्नुभएको छ । विगत १० महिनादेखि ढाड र टाउकोको क्यान्सरसँग सङ्घर्ष गरिरहनुभएका शाहले रकम अभावका कारण उपचारमा समस्या भएपछि जीवन रक्षाको आग्रह गर्नुभएको हो । 

‘परिवार र आफन्तसँग भएको रकम अहिलेसम्मको उपचारमा सकियो, थप उपचारका लागि रकम अभाव भएको छ, तपाईँहरूको सहयोग र माया पाएँ भने मैले पुनर्जन्म पाउनेछु,’ उहाँले अपिलमा भन्नुभएको छ, ‘पुनर्जन्म पाएँ भने तपाईँहरूले लगाएको गुण तिर्ने प्रतिबद्धता जनाउँछु ।’  

भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा हाल उहाँको उपचार भइरहेको छ । उपचारमा ४५ लाख रुपियाँ खर्च भइसकेको शाहकी पत्नी निशा सिंहले जानकारी दिनुभयो । 

रकम अभावमा उपचारमा समस्या देखिएकाले पतिको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिन उहाँले सबैसँग आग्रह गर्नुभएको छ । 

यसैबीच, शान्तिनगरबासीले दिवश शाहको उपचारमा सहयोग गर्न रकम सङ्कलन अभियान थालेका छन् । 

कम सङ्कलन अभियान थालेका शान्तिनगरका शिवराज पौडेलको भनाइ छ । 

एकजनाले दिएको थोरै रकमले कसैको ज्यान जोगिने भएकाले अभियान सञ्चालन गरेको स्थानीयले जनाएका छन् ।