• ८ वैशाख २०८१, शनिबार

शहीदप्रति लुम्बिनी प्रदेशका सभामुखद्वारा श्रद्धासुमन व्यक्त

blog

पविता पौडेल 

सैनामैना, माध १६ गते । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले शहीदप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म आउँदा नेपालीको अथक मिहेनत, परिश्रम, त्याग, बलिदान र समर्पण रहेको जनाउनु हुँदै उहाँले सामाजिक न्याय, आर्थिक संवृद्धि र नागरिक सर्वोच्चतासहितको स्वाधीन समतामूलक समाज निर्माणमा लाग्न दिवसबाट अभिप्रेरणा मिलोस् भन्ने आशा एवं विश्वास उहाँले प्रकट गर्नुभएको छ  । 

सोमबार उहाँद्वारा जारी प्रेस विज्ञप्तिमा 'शहीद दिवसको सन्दर्भमा नेपालको प्रथम शहीद लखन थापा, जहानियाँ राणा शासन बेला शहीद हुनुभएका धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्रीलगायत जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलनलगायत न्याय र परिवर्तनको लागि भएका सम्पूर्ण क्रान्ति र आन्दोलनहरूमा आफ्नो ज्यानको आहुति दिने महान् वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उच्च सम्मान व्यक्त गर्दछु ' उल्लेख गरिएको हो ।

परिवर्तनका क्रममा विभिन्न क्रान्ति र आन्दोलनबाट स्थापित सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताको रक्षा गर्दै समाजवाद उन्मुख संवैधानिक व्यवस्थालाई अझै उन्नत र परिष्कृत गर्नसके मात्रै शहीदप्रति सच्चा सम्मान र बलिदानको सार्थकता पूरा हुने उहाँले उल्लेख गर्नुभएको छ ।