• १२ साउन २०८१, शनिबार

सेल्फी लिँदा चिप्लेर एककाे मृत्यु

blog

भूतखोलामा घुम्न पुगेका एकजनाको भूतखोलाको दहमा डुबेर मृत्यु । तस्बिरः पविता पाैडेल ।

पविता पौडेल

सैनामैना, माघ १६ गते । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा तिनाउ गाउँपालिका–२ भूतखोलामा घुम्न पुगेका एकजनाको भूतखोलाको रहमा डुबेर मृत्यु भएको छ ।

राजमार्गको छेउमा पर्ने तिनाउको पर्यटकीय स्थल भूतखोलामा फोटो खिच्ने क्रममा खस्दा डुबेर आइतबार साँझ पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको ज्यान गएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको सिद्धार्थनगर –४ का २२ वर्षीय साथी दीपककुमार बानियासँगै घुम्न गएका पठानले फोटो खिच्न बनाइएको सेल्फीजोनको पुलमा बसेर फोटो खिच्ने क्रममा ढुङ्गामा चिप्लेर खसेको बताइएको छ  । 

खोलाको पानी जमेर बनेको दहमा पठान डुबेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा त्यहाँ पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।