• ११ मंसिर २०८१, मङ्गलबार

मदारबाबा मेलामा हजारौं तीर्थालुको आगमन

blog

नवलपरासीको दाउन्ने डाँडामा रहेको मदारबाबा मेलामा भक्तजन । तस्विर: गोपी ज्ञवाली ।

गोपी ज्ञवाली  

नवलपरासी, माघ २९ गते । माघ २५ गतेदेखि नवलपरासीको विनय त्रिवेणीमा चलेको मदारबाबा मेलामा दैनिक हजारौं तीर्थालुको आगमन भएकाे छ ।

हिन्दु एवम् मुसलमान समुदायको साझा तीर्थस्थलको रुपमा रहेको यस मदरबाबा मेलामा माघ २५ गतेदेखि शुरु भएर फागुन ५ गतेसम्म चल्ने मजार संरक्षण संस्थाका अध्यक्ष जमालुद्धिन अन्सारीले बताउनुभएको छ । 

साताैं शताब्दीमा मुस्लिम समुदायका महन्त हजरत बैदुद्धिन कुतुबुल मदार शाहले यसै पवित्र भूमिमा ४० दिनसम्म तपस्या गरेको जनविश्वास छ ।

दाउन्ने पहाडको तल्लो भागमा रहेको हजरत बैदुद्धिन कुतुबुल मदार शाह (एक तपस्वी) को मजारमा चादर, पैसा, रेवडी र कपुरलगायतका सामग्री चढाउँदा इच्छा पूरा हुने मान्यतामा तीर्थालुको घुइँचो लाग्छ ।

यो मेलामा भारतका बिहार र उत्तर प्रदेशलगायतका प्रान्तबाट तीर्थयात्री आउने गरेको हाजीबुद्धिन अलिले बताउनुभयो ।