• १२ मंसिर २०८१, बुधबार

ज्यामिरेमा बहुउद्देश्यीय भवन सञ्चालनमा

blog

पुतलीबजार नगरपालिका २ ज्यामिरेमा निर्माण भएको बहुउद्धेश्यीय भवन । तस्बिर –अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, फागुन २ गते । पुतलीबजार नगरपालिका – २ ज्यामिरेमा स्थानीयले बहुउद्देश्यीय भवन निर्माण गरेका छन् । 

१० वर्षको प्रयासमा सरकारको सहयोग र चन्दा सङ्कलन भएपछि ३ वर्षमा निर्माण सम्पन्न भएको वडा अध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो ।

एक रोपनी ११ आना एक पैसा दुई दाममा फैलिएको बहुउद्देश्यीय भवन एक करोड २७ लाख ३७ हजार रुपियाँमा निर्माण भएको हो ।

संसद् विकास कोषबाट पाँच लाख, वडा कार्यालयको छ लाख २५ हजार, गण्डकी प्रदेश पर्यटन मन्त्रालयको दुई आर्थिक वर्षमा २० लाख गरी ३१ लाख २५ हजार सहयोग भएको थियो ।

यस्तै, नौ लाख ८८ हजारको श्रमदान गर्दा ८६ लाख २३ हजार देश तथा विदेश रहेकाबाट चन्दा सङ्कलन गरिएको निर्माण समितिका अध्यक्ष आशबहादुर गुरुङले जानकारी दिनुभयो ।

 भवन हालै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी उद्घाटन गर्नुभएको हो ।