बिरुवा गाउँपालिकाले आयोजना गरेको छैटौँ अध्यक्ष कप अन्तरपालिका पुरुष भलिबलको उपाधि कालिगण्डकी गाउँपालिकाले उचालेको छ ।
नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री भएपछि संसदबाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उहाँले विश्वासको मत लिनुहुने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ ।
बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ ।
शनिबार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन् भने चार सयभन्दा बढी घाइते भएका छन् ।
उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो ।
नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनीत गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
गल्याङ नगरपालिका ७ मा रहेको पर्यटकीय सुनपोखरी डाँडा प्रचारप्रसारको अभावमा ओझेलमा छ । झट्ट हेर्दा पाल्पाको श्रीनगरको डाँडा जस्तै देखिने सुनपोखरीको आफ्नै पुरातात्विक महत्व छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सामुदायिक तथा आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । आइतबार संसद् भवनस्थित ल्होत्से हलमा काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएपछि सुन्दर देखिएको छ । यतिखेर खोप्रालेक वरपर फुरुफुरु हिउँ परिरहेको छ । यसपटक ढिलो गरी हिमपात भएको हो ।
बाँके र बर्दियाको सीमास्थित मानखोला नजिकै बढी परिमाणमा गाँजा उम्रिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले फडानी गरेको छ ।
त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान जारी छ ।
देशभर त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान उल्लासमय तरिकाले भइरहेकाे छ । स्ववियु निर्वाचन १४ वर्षपछि भएको कारणले पनि यस मतदान उल्लासमय भएकाे हाे ।