ताप्लेजुङमा चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सोह्र जना केन्द्राध्यक्ष तोकिएको छ । जिल्लामा परीक्षा सञ्चालन गर्न निर्धारण भएका १६ वटा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो ।
लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो ।
पूर्वी नवलपरासीको देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ जग्गा छनौटका लागि स्थलगत अवलोकन गरिएको छ । सङ्घीय मन्त्रालयका विज्ञ, मन्त्रालय तथा विभागका अधिकारी–कर्मचारीले ट्रमा सेन्टरका लागि सिफारिस भएका चार वटा क्षेत्रको अवलोकन भएको हो ।
नेपालको एक मात्रै सिकार पर्यटन सञ्चालन हुने क्षेत्र ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको अन्तिम सिकार पर्यटन सुरु भएको छ ।
गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताउनुभएको छ ।
भारतको आसामकाे राजधानी गुवाहाटीमा हालै सम्पन्न चौथो एसियाली खो खो प्रतियोगितामा नेपालले दुवै समूहमा दोस्रो स्थान हात पारेको छ ।
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताउनुभएको छ ।
विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये घुस / रिसवत, गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय अनुसार चैत १० गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
हिन्दु स्वयंसेवक सङ्घ नेपालले बौद्धिक वर्गका शिक्षक र प्राध्यापकलाई सम्मान गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा योगदान गर्नेहरूलाई सम्मान गरेको सङ्घले जनाएको छ ।
ताप्लेजुङमा विभिन्न ट्राफिक कारबाहीबाट साढे चारलाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । पछिल्लो आठ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ताप्लेजुङमा गरेको ट्राफिक कारबाहीबाट सो राजस्व रकम सङ्कलन गरेको हो ।
दाङको लमही नगरपालिका वडा नं. ५ स्थित बगई सोतामा रहेको पुरानो पुल भत्कियो । हुलाकी सडक आयोजना कार्यालयमार्फत पक्की पुल बनाउने योजना पर्यो ।
कोशी प्रदेशको नामाकरणको विषयमा असहमति जाहेर गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई सबैभन्दा बढी महत्त्व दिएको बताउनुभएको छ।
चालु आर्थिक वर्ष ०७९/०८० को फागुन मसान्त सम्म कपिलवस्तुमा ४२९ जना नयाँ क्षयरोगी फेला परेका छन् । सो सङ्ख्या फोक्सो र फोक्सो भन्दा बाहिर दुवै ठाउँ गरी क्षयरोग देखिएको हो ।