हिन्दु स्वयंसेवक सङ्घ नेपालले बौद्धिक वर्गका शिक्षक र प्राध्यापकलाई सम्मान गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा योगदान गर्नेहरूलाई सम्मान गरेको सङ्घले जनाएको छ ।
ताप्लेजुङमा विभिन्न ट्राफिक कारबाहीबाट साढे चारलाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । पछिल्लो आठ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ताप्लेजुङमा गरेको ट्राफिक कारबाहीबाट सो राजस्व रकम सङ्कलन गरेको हो ।
दाङको लमही नगरपालिका वडा नं. ५ स्थित बगई सोतामा रहेको पुरानो पुल भत्कियो । हुलाकी सडक आयोजना कार्यालयमार्फत पक्की पुल बनाउने योजना पर्यो ।
कोशी प्रदेशको नामाकरणको विषयमा असहमति जाहेर गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई सबैभन्दा बढी महत्त्व दिएको बताउनुभएको छ।
चालु आर्थिक वर्ष ०७९/०८० को फागुन मसान्त सम्म कपिलवस्तुमा ४२९ जना नयाँ क्षयरोगी फेला परेका छन् । सो सङ्ख्या फोक्सो र फोक्सो भन्दा बाहिर दुवै ठाउँ गरी क्षयरोग देखिएको हो ।
सप्तरीको राजविराज भन्सार कार्यालयले आ.व. २०७९/०८० को आठ महिनामा दुई करोड ८२ लाख बराबरको राजस्व सङ्कलन गरेको छ ।
बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप–महानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो ।
नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बन्नुभएको छ ।
चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् ।
जिल्ला अदालतले डेढ वर्षअघि शिक्षकको हत्या गरेको कसुरमा गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया मुना राना खड्कालाई जन्मकैद गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचनामा नागरिकको पहुँच बढाउनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेकाे बताउनुभएकाे छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई जिल्लामा सम्मान गरिएको छ । झिमरुक गाउँपालिका–३ मा जन्मिएका जिसीलाई झिमरुक गाउँपालिकाले नगद एक लाख रुपियाँसहित सम्मान गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताउनुभएको छ ।