माध्यमिक शिक्षा परीक्षा एसइईका लागि सुनसरीमा विभिन्न परीक्षा केन्द्रका लागि नियुक्त गरिएका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएको छ ।
जिल्ला हुने गरेका अनियमितता र भ्रष्टाचारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्य भएको छ । वास नेपालका लागि जिल्लास्तरमा आबद्ध युवाको आयोजनामा मङ्गलबार धर्ना दिने कार्य भएको हो ।
रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ ।
ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका –४ पिपलटारका बासिन्दाको खानेपानी समस्या समाधानको लागि काम अघि बढेको छ ।
युरोपेली सङ्घ इयुको हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलब्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो ।
बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिका –८ मार्तडीवासीको धान फल्ने मार्तडी जिउलो पछिल्लो समय घरैघरले भरिँदै गएको छ ।
सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ ।
नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष विष्णु पौडलले सरकार ढलाउने र बनाउने पक्षमा नरहेको भनाइ राख्नुभएको छ । प्रेस चौतारी, नेपालद्वारा सोमबार साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा अहिले सरकार भत्काउने पक्षमा नरहेको भनाइ राख्नुभयो ।
कोशी प्रदेश सरकारले विरोध प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा ज्यान गुमाउनुभएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको छ ।
पूर्वी नवलपरासीको ‘देवचुली डाँडा’ पैदलयात्रामा रुचि हुनेहरूको रोजाइमा पर्न थालेको छ । नवलपुरको देवचुली नगरपालिकामा रहेको सो स्थान समुद्र सतहदेखि करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको छ ।
आइतबार बेलुका चङ्खेली गाउँपालिका– ४ को पिप्लाङ गाउँ तल पर्ने दर्बी कर्णाली नदीमा एउटा लास भेटिएको छ ।
प्रि मनसुन सुरु भएसँगै देशभर मौसम बदली हुनाको साथै चट्याङ्ग पनि पर्न थालेको छ । नेपाल विश्वमा चट्याङ्ग पर्ने चौथो उच्च जोखिममा छ ।
३१ वर्षदेखि सुरु भएको जिल्लाको सदरमुकाम कावासोतीसँग प्रत्यक्ष जोडिने गरी निर्माणाधीन अवस्थामा रहेको पहाडी लोकमार्ग अहिलेसम्म पनि उचित ढङ्गले स्तरोन्नति हुन नसक्दा स्थानीय चिन्तित छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा श्वासप्रश्वास सम्बन्धी उपचार सेवा सुरु गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ ।