दार्मा गाउँपालिका - ३ फारुलाचौरका ६३ वर्षीय भोटु खत्रीको घरमै धारा बनेपछि दैनिकी फेरिएको छ । पानीका लागि बिहानै दार्माखोला नजिकै पुग्नु पर्ने उहाँको दैनिक फेरिएको हो ।
नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवसको अवसरमा मोरङ शाखाले दुई जनालाई पुरस्कृत गरेको छ । यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ सूचनाको हकको क्षेत्रका अभियन्ता काशीराज दाहाल र ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ अनलाइन खबरका लागि विराटनगरमा कार्यरत पत्रकार हरि अधिकारीलाई प्रदान गरिएको हो ।
अर्जुन चौपारी गाउँपालिका -३ चिन्नेबासमा अवैध ढङ्गले दरौखोलामा माछा मारेका तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थल विस्तार बागमती प्रदेशकै लागि गौरवको आयोजना भएको बताउनु भएको छ ।
झापाको दमकमा विभिन्न जातजातिका परिकारहरूको प्रवर्द्धन गर्न एकदिवशीय खाना तथा खाद्य परिकारको प्रदर्शनी गरिएको छ ।
मजदुरीका लागि भारत गएका बाँके जिल्लाका एक नेपाली नागरिक गत चार महिनादेखि बेपत्ता भएका छन् ।
चौथो बर्दिबास महोत्सव २०७९ सम्पन्न भएको छ । ‘उद्योग व्यवसाय र कलाको विकाश गरौँ, साहित्य संस्कृतिको संरक्षण गरौँ’ भन्ने मूल नारासाथ चैत ३ गतेदेखि सुरु भएको महोत्सव चैत १६ गते समापन भएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाको विश्वासको मत स्पष्ट पार्नुहुने भएको छ । मुख्यमन्त्री भइसकेपछि उहाँले चैत १७ गते दोस्रो पटक विश्वासका मत लिनुहुने भएको हो ।
देशभर शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत रुकुम पश्चिममा सम्पूर्ण तयारी पुरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले परीक्षाको तयारी पुरा भएको जानकारी दिएको छ ।
भारतको विभिन्न राज्यमा केही समय यता कोरोना सङ्क्रमण बढे पनि सीमा नाकामा सतर्कता अपनाइएको छैन ।
कोशी प्रदेश नामाकरण गरेपछि सुरु भएको आन्दोलनप्रति ताप्लेजुङका जातीय संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ लोखरमका एक जना वृद्धको साइकलबाट लडेर मृत्यु भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुन आवश्यक रहेको बताउनुभएको छ ।
पश्चिम नेपालका तीन प्रदेशका बिरामीका लाग रेफरल अस्पतालको रूपमा रहेको भेरी अस्पताल नेपालगञ्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालको रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्राप्त भएको छ ।