• १५ वैशाख २०८१, शनिबार

नागार्जुनको काव्यगोष्ठी

blog

काठमाडौँ, चैत १८ गते । नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभप्रभात काव्यगोष्ठीमा आज समसामयिक चेतना र सांस्कृतिक रूपान्तरणका एक दर्जन कविता प्रस्तुत भएको छ ।     

गोष्ठीमा डा. रमेश शुभेच्छुक, चेतनाथ धमला, दिल पौडेल, प्रकाश सिलवाल, युवराज नास्तिक, माधव घिमिरे ‘अटल’, लीलाराज दाहाल, गङ्गा खतिवडा, रामकृष्ण आचार्य, पुरुषोत्तम रसुवा, रुवी सत्याल, जयराम बिडारीले कविता, गजल र मुक्तक प्रस्तुत गर्नुभएको थियो ।     

वाचित कवितामाथि टिप्पणी गर्दै समीक्षक डा शुभेच्छुके कविताले राजनीतिक र सामाजिक क्षेत्रका विकृतिमाथि प्रहार गर्दै सुसङ्गत समय र समाजको परिकल्पना गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानमा हालै प्रज्ञा सभा सदस्यमा नियुक्त नागार्जुनका संस्थापक सदस्य चेतनाथ धमलालाई संस्थाका अध्यक्ष दिल पौडेलले बधाई दिनुभएको थियो । नागार्जुनले लोकतान्त्रिक आन्दोलनका समयमा सडक कविता कार्यक्रमका रूपमा हरेक महिना शुभप्रभात काव्यगोष्ठीको थालनी गरेको थियो ।