मेलम्चीमा सम्पन्न नेकपा (एकीकृत समाजवादी)को जिल्ला अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा ८५ सदस्यीय सर्वसम्मत जिल्ला कार्यसमिति छनौट गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बनाउनुभएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व केन्द्रीय सभापति गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
कैलालीमा मुसलधारे वर्षा भइरहेको छ । आज बिहानदेखि निरन्तर मुसलधारे झरी परिरहेको हो । प्रि–मनसुन अवधि सुरु भएको तेस्रो साताबाट यहाँ केही दिनदेखि नै मौसम बदली रहँदै आएको छ ।
ग्रामीण भेगमा सञ्चालित मदिरा भट्टीले सामाजिक समस्या र सुरक्षा चुनौती थप्दै गएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कोे कर्णालीका १६ वटा क्याम्पसको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांगेस निकट नेपाल विद्यार्थी संघले नाै स्थानमा विजय प्राप्त गरेको छ भने नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले चार स्थानमा जित हासिल गरेको छ ।
ताप्लेजुङको एकमात्र पाथीभरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल निर्वाचित भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अनेरास्ववियु–समाजवादी विद्यार्थी युनियनको प्यानललाई पराजित गर्दै संयुक्त प्यानल विजयी भएको हो ।
रुपन्देहीमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका ६ वटा क्याम्पसमध्ये अनेरास्ववियु र नेविसङ्घले बराबरी सङ्ख्यामा जितेका छन् । १२ क्याम्पसमा स्ववियु निर्वाचनको लागि स३्गठन दर्ता भए पनि ६ वटामा सङ्गठनहरुबीचको विवादका कारण रोकिएको छ ।
रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसङ्घका अविनाश कार्कीले निर्वाचित हुनुभएको छ ।
उत्पादनमा वृद्धि गर्ने अभियानका साथ वालिङको तरकारी बालीको पकेट क्षेत्रका कृषकहरुको माटो परीक्षण गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको दुई क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएका छन् ।
सिराहा सदरमुकामस्थित सत्यनारायण सूर्यनारायण मोरबैता बहुमुखी क्याम्पसमा विद्यार्थी जनमत सङ्घको प्यानल नै विजयी भएको छ ।
बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ ।
डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ प्यानसहित विजयी भएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत मकवानपुरका आङ्गिक र सामुदायिक क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।