• १२ वैशाख २०८१, बुधबार

कैलालीमा मुसलधारे वर्षा

blog

छाता र प्लाष्टिक ओढेर विद्यालयतर्फ जाँदै विद्यार्थी । तस्बिर– अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत ७ गते । कैलालीमा मुसलधारे वर्षा भइरहेको छ । आज बिहानदेखि निरन्तर मुसलधारे झरी परिरहेको हो । प्रि–मनसुन अवधि सुरु भएको तेस्रो साताबाट यहाँ केही दिनदेखि नै मौसम बदली रहँदै आएको छ । तीन दिन अगाडिमात्रै पनि हल्का वर्षा भएको थियो । बिहानैदेखि वर्षा भएपछि विद्यार्थीलाई विद्यालय जान सकस भएको थियो । छाता, रेनकोट ओढेर मान्छेहरु आवतजावत गरिरहेका छन् । 

वर्षाको पानी खल्ला जमिनमा भरिन थालेको छ । कतिपय ठाउँमा वर्षाको पानी जमेर मान्छेको घरभित्र पनि पस्न थालेको छ । धनगढीको पार्कमोडस्थित मुख्य बजार क्षेत्रको सडकमा पानी जम्न थालेको छ । मसुरो, तोरी काटेर भित्र्याउने बेला भएको वर्षाले त्यस्ता बालीलाई क्षति गर्ने सम्भावना बढेको छ । 

जल तथा मौसमविज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित वर्षा भइरहेको जनाएको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ, हावाहरु, असिनासहित क्षणिक वा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।