• ११ मंसिर २०८१, मङ्गलबार

घरेलु मदिरा भट्टीले समाजमा समस्या थप्दै

blog

ग्रामीण भेगका ७ अवैध घरेलु मदिरा भट्टी तथा मदिरा बनाउने सामान नियन्त्रणमा लिँदै । तस्बिर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, चैत ७ गते । ग्रामीण भेगमा सञ्चालित मदिरा भट्टीले सामाजिक समस्या र सुरक्षा चुनौती थप्दै गएको छ । गएको वर्ष भंगाहा सीतापुर नपा ७ र बर्दिबास नपा १२ मा घरेलु मदिरा सेवन गरेको कारण १२ जनाको ज्यान गएपछि भट्टीबाट उत्पादन हुने मदिरा विशालु हुन्छ भन्ने चुनौती थपिएको हो । 

साउनदेखि हालसम्म १५ वटा मदिरा भट्टीमा कारबाही गरी पाँच हजार ३८० लिटर तयारी मदिरा र छ हजार ३३० लिटर मदिरा बनाउन प्रयोग गरिएका कच्चा पदार्थ नष्ट गरिएको छ । त्यस्तै ती भट्टीबाट १२ थान मदिरा बनाउने मेसिन र ५९ थान भाँडावर्तनलगायतका सामान नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरी उपरीक्षक प्रकाश मल्लले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको बताउनुभयो । सूचना र सुराकीको आधारमा दिनँहुजसो अवैध मदिरा नियन्त्रण र नष्ट गर्दै आएको उहाँको दाबी छ । 

‘हिजै (सोमबार) पनि विभिन्न ठाउँमा छापा मारी ७ वटा अवैध भट्टी र मदिरा नष्ट गर्नुका साथै मेसिन र भाँडावर्तन जफत गरेका छाैं सीमा नाका बथनाहाबाट पनि ९६ कार्टुन मदिरा बरामद गरिएको छ, प्रहरीको यो अभियान निरन्तर जारी छ’ एसपी मल्लले भन्नुभयो ।