• ७ वैशाख २०८१, शुक्रबार

नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्षमा नवराज पौडेल

blog

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेल ।

चित्र मिजार

सिन्धुपाल्चोक, चैत ८ गते । मेलम्चीमा सम्पन्न नेकपा (एकीकृत समाजवादी)को जिल्ला अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा ८५ सदस्यीय सर्वसम्मत जिल्ला कार्यसमिति छनाेट गरेको छ । उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामालाई चयन गरेको छ ।

सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी छन् । यसैगरी, जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकामा सङ्गठन विस्तार गरिँदै आएको नवनिर्वाचित अध्यक्ष पौडेलले बताउनुभएको छ । सिन्धुपाल्चोकको कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट पुनः सङ्गठित र एकीकृत गर्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।