• ११ वैशाख २०८३, शुक्रबार

थापाथलीस्थित सुकुम्बासीले आफ्ना सामान सार्न थाले

blog

सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिएसँगै थापाथलीस्थित सुकुम्बासीहरूले आफ्ना सामान सार्न व्यस्त । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख ११ गते । सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिएसँगै थापाथलीस्थित सुकुम्बासीहरूले आफ्ना सामान सार्न थालेका छन् ।

वर्षौँदेखि बसोबास गर्दै आएका झुपडी, जोगाएर राखिएका साना–साना खुसीका क्षणहरू र बालबालिकाको भविष्य—सबै एउटै सानो झोलामा अटाउन खोज्दा त्यहाँको दृश्य अत्यन्त हृदयविदारक देखिएको छ । कोही आफ्नो च्यातिएको ओछ्यान मिलाउँदै छन् भने कोही अब कहाँ जाने भन्ने चिन्तामा छन् ।


उनीहरू भन्छन्, “हामीलाई गरिब हुनुको सजाय दिइँदैछ कि के हो ?” मानिसहरू हतार–हतार जस्तापाता, काठका फल्याक र भान्साका सामग्री ट्याक्टर तथा रिक्सामा लोड गरिरहेका छन् । कतिपयले त आफ्नो घर आफैँ भत्काउन सुरु गरेका छन्, मानौँ उनीहरू आफ्नो पुरानो पहिचान आफैँ मेट्न बाध्य भएका छन् ।