• ११ वैशाख २०८३, शुक्रबार

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह

blog

तेहरान, वैशाख ११ गते । इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बिचमा भारतीय नागरिकलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ सुचना जारी गरेको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले भारतीयले कुनै पनि अवस्थामा इरानको यात्रा नगर्न आग्रह गर्दै इरानमा रहेका नागरिकलाई आवाश्यक समन्वय गरेर स्वदेश फर्कन  सल्लाह दिएको छ ।

पछिल्लो समयमा भारत र इरानबिच केही उडान सुरु भएको रिपोर्टलाई ध्यानमा राख्दै, भारतीय नागरिकलाई अवस्था सहज नभए सम्म इरान यात्रा नगर्न सल्लाह दिइएको जनाएयको छ । क्षेत्रीय तनावका कारण हवाई क्षेत्र प्रतिबन्ध र परिचालन अनिश्चितताले इरानका लागि अन्तर्राष्ट्रिय उडानमा असर गरिरहेको दूतावासले जनाइएको छ ।

दूतावासले यस अघि अप्रिल-८ मा यस्तै सुझाव जारी गरी भारतीय नागरिकलाई तुरुन्त इरान छोड्न आग्रह गरेको थियो । दूतावासले यात्रा गर्नु अघि दूतावाससँग आवाश्यक समन्वय गर्नुपर्ने पनि बताएको छ । यस अघिको सुझावको निरन्तरता र हालैको घटनाक्रमको आधारमा इरानमा रहेका भारतीय नागरिकलाई दूतावाससँगको समन्वयमा र दूतावासले सुझाएका मार्ग प्रयोग गरेर इरानबाट छिटो बाहिरिन आग्रह गरेको जनाइएको छ ।

मध्य पुर्वमा हालैका घटनाक्रमका बारेमा अन्तर-मन्त्रीस्तरीय कार्यक्रममा बोल्दै विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम आर महाजनले फेब्रुअरी-२८ देखि यस क्षेत्रबाट करिब १२ लाख १२ हजार यात्रु भारत आएको बताउनु भएको छ । रासस/क्युएनए