• १४ वैशाख २०८१, शुक्रबार

क्रिकेट खेलाडी प्रतिश जिसी प्युठानमा सम्मानित

blog

क्रिकेट खेलाडी प्रतिश जिसी सम्मानित हुँदै ।

सुजल श्रेष्ठ

प्युठान, चैत ९ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई जिल्लामा सम्मान गरिएको  छ । झिमरुक गाउँपालिका–३ मा जन्मिएका जिसीलाई झिमरुक गाउँपालिकाले नगद एक लाख रुपियाँसहित सम्मान गरेको हो ।

यसैबीच, खेलाडी जिसीलाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले व्यक्तिगत नगद ५० हजार रुपियाँ र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । साथै, पोख्रेल फाण्डेशनले समेत जिसीलाई सम्मान गर्दै ५० हजार रुपियाँ नगदसहित सम्मान गरेको छ ।

विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय विश्वकप छनोट खेलमा छनोट भएका जिसीलाई जिल्ला खेलकुद विकास समितिले  सम्मान गर्ने कार्यक्रम छ ।