देवराम प्रसाद यादव
सप्तरी, चैत ११ गते । सप्तरीको राजविराज भन्सार कार्यालयले आ.व. २०७९/०८० को आठ महिनामा दुई करोड ८२ लाख बराबरको राजस्व सङ्कलन गरेको छ ।
आ.व. २०७९/८० को साउन महिनादेखि फागुनसम्ममा राजविराज भन्सार कार्यालयले दुई करोड ८२ लाख राजस्व सङ्कलन गरेको हो ।
भन्सार विभागले यस कार्यालयलाई तीन करोड ९१ लाखको लक्ष्यमा ७२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
लक्ष्य अनुसार राजस्व सङ्कलन नहुनुको प्रमुख कारण खुला सिमानाको कारणले हुने चोरी पैठारी तस्करी मुख्य रहेको निमित्त कार्यालय प्रमुख अजयप्रकाश भगतले बताउनुभयो ।
आ.व. २०७९/८० मा वार्षिक लक्ष्य पाँच करोड ९९ लाख रहेकोमा आठ महिना बितिसक्दा राजस्व सङ्कलन दुई करोड ८२ लाख मात्र भएकाले अब वार्षिक लक्ष्य पूरा गर्न बाँकी चार महिना चैत्रदेखि असार मसान्तसम्म तीन करोड १७ लाख राजस्व सङ्कलन गर्नुपर्ने निमित्त प्रमुख भगतले बताउनुभयो ।