गाेरखापत्र समाचारदाता
काठमाडाैँ, चैत ५ गते । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । आइतबार संसद् भवनस्थित ल्होत्से हलमा काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको हो ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरू डा. शशाङ्क कोइराला, रमेश लेखक, जीवन परियार, डा. नारायण खड्कालगायतका नेताहरूको उपस्थिति छ ।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिने विश्वासको मतका बारेमा छलफल गर्ने बताइएको छ ।
काँग्रेस केन्द्रीय सम्पादन समितिको बैठक सके लगत्तै आज नै संसदीय दलको बैठक बस्ने बताइएको छ ।