• १२ मंसिर २०८१, बुधबार

अवैध रुपमा भित्रिएको चल्ला नष्ट

blog

कपिलवस्तुको कृष्णनगरमा अवैध रुपमा भित्रिएको चल्ला नष्ट गर्दै प्रहरी ।

जानु पाण्डे

कपिलवस्तु, फागुन ९ गते । अवैध रूपमा भारत बाट भित्रिएको ब्रोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ बेदर्मीबाट हुँदै भित्रिएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले नष्ट गरेको हो । 

चोरी निकासी भएको सूचना पाएपछि गस्ती टोली पठाएर बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक नवराज ढुंगेलले बताउनुभयो । प्रहरीको गस्ती टोली देखेपछि तस्कर भागेको बताइएको छ । बरामद गरिएका १५ कार्टुन (१५सय पिस) चल्ला खाल्टोमा पुरेर नष्ट गरिएको छ । 

भारतमा चल्लाको मूल्य नेपाल भन्दा आधा सस्तो पर्ने भएको हुँदा सीमावर्ती क्षेत्रबाट तस्करी हुँदै आएको छ । साइकलमा राखेर सुरक्षाकर्मीलाई छक्याउँदै तस्करहरूले नेपाल भित्राउने गरेका छन् । त्यसरी भित्राइएको चल्ला सोझै कुखुरा उत्पादक कृषकलाई बिक्री गरिँदै आएको छ ।