• १७ जेठ २०८१, बिहिबार

अभिनेता पल शाह रिहा

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, फागुन १५ गते । अभिनेता पल शाह उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार रिहा भएका छन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका हुन् । उनी तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका छन् । 

एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।  तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।

बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।