• १२ साउन २०८१, शनिबार

झापाकाे खोलामा डुबेर एककाे मृत्यु

blog

विष्णु पाेखरेल

दमक, फागुन १४ गते । झापामा खोलामा डुबेर एक व्यक्तिकाे भएको छ । अर्जुनधारा नगरपालिका वडा नं. ७ मा स्थानीय ५० वर्षीय विजय रणपहेलीको इथुङ्गे टोलनजिकै रहेको बाह्रदशी खोलामा डुबेर मृत्यु भएको हो ।

रणपहेली आइबार बिहान मृत भेटिनु भएको हो । खोलामा डुबिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुराना सवारी चालक रणपहेली मागीखाने र ज्याला मजदुरी गर्ने गरेका जनाइएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।