• ११ मंसिर २०८१, मङ्गलबार

नृत्य सांस्कृतिक कला केन्द्रको २५ औँ जन्मजयन्ती

blog

नेपालको पहिलो नृत्यगुरु भैरवबहादुर थापा सम्मानित हुनुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौँ, फागुन १४ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालमा सङ्घीयता अतिआवश्यक भएकाले राज्यपुनसंरचना भएको बताउनुभएको छ । 

शनिबार यहाँस्थित नृत्य सांस्कृतिक कला केन्द्रको २५ औँ जन्मजयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

उहाँले नेपालमा सङ्घीयता शिशु भएकाले कार्यान्वयन पक्षमा केही कमीकमजोरी देखिए पनि चाँडै ठिक हुने बताउनुभयो । 

नेता सिंहले नयाँ जन्मेका पार्टीहरूले अल्पकालमै ठूलै क्रान्ति गर्छु भनेर लागे पनि भर्खरै सबै कुराहरू स्पष्ट भएको बताउनुभयो ।

उहाँले नेपालको पहिलो नृत्यगुरु भैरवबहादुर थापा, वसुन्धरा भुसाललगायतलाई सम्मान समेत गर्नुभयो ।

सो कार्यक्रममा कुमारी नृत्य, वाल नृत्य, नेवारी नृत्यलगायत प्रस्तुत गरिएको थियो ।