• ४ पुस २०८१, बिहिबार

उपप्रधानमन्त्री श्रेष्ठ प्राविधिक टोलीसहित कमला पुल निरीक्षण गर्नुहुँदै

blog

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, फागुन १५ गते । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ प्राविधिक टोलीसहित धनुषा र सिरहा जोड्ने कमला पुल निरीक्षणको पुग्नुभएको छ । 

जनकपुरधाम विमानस्थलमा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री श्रेष्ठले कमला पुलको काम तीव्रतापूर्वक अघि बढाउन निरीक्षणमा आएको बताउनुभयो । साथै, उहाँले सम्पूर्ण विकासका आयोजनाहरूलाई गुणस्तरीय ढङ्गले सम्पन्न गर्ने तवरले नै अहिलेसम्म निर्माण कार्य सम्पन्न नभएको कमला पुलको निरीक्षण गर्न प्राविधिक टोलीसहित आएको बताउनुभयो । 

यसैक्रममा उहाँले विकास आयोजनालाई पहिलो प्राथमिकतामा राख्दै विकासका आयोजनाहरूको कार्यान्वयनको प्रक्रियालाई गुणात्मक ढङ्गले सुधार गर्नमा जोड दिनुपर्ने बताउनुभयो । विकासका योजनाका आधारमा सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्ने विकासका योजनाका काम छुट्याई अघि बढ्नुपर्छ । त्यस विषयमा पनि कार्य भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

विकास निर्माणका काम सधैँ सङ्घीय सरकारबाट अपेक्षित हुनु ठूलो समस्या हो, यसलाई सुधार गर्न अत्यन्तै जरुरी भएको बताउनुहुँदै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘संविधान अनुसार तीन तहको सरकारले विकास निर्माणका कार्यहरूमा आ–आफ्ना जिम्मेवारी बुझेर पूरा गर्नुपर्छ ।