• १५ चैत २०८०, बिहिबार

ताप्लेजुङमा भीरबाट खसेर वृद्धको मृत्यु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ८ गते । ताप्लेजुङमा भीरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङका ६७ वर्षीय खड्कप्रसाद लिम्बूको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार खोक्लिङस्थित डाँडागाउँ भीरबाट लडेर लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । मङ्गलबार ५ बजेतिर डाँडागाउँ भीरमा अचानक लडेका लिम्बूको करिब १५० मिटर तल शव फेला परेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

वृद्ध लिम्बूको शव जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरी बुधबार बिहान आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।