• १२ मंसिर २०८१, बुधबार

एमाले सरकार ढलाउने र बनाउने पक्षमा छैन : उपाध्यक्ष पौडल

blog

नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष विष्णु पौडल पत्रकार सम्मेलनमा । तस्बिर : शिवराज ढुंगाना

शिवराज ढुंगाना 

अछाम, चैत १३ गते । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष विष्णु पौडलले सरकार ढलाउने र बनाउने पक्षमा नरहेको भनाइ राख्नुभएको छ । प्रेस चौतारी, नेपालद्वारा सोमबार साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा अहिले सरकार भत्काउने पक्षमा नरहेको भनाइ राख्नुभयो । 

मिसन ग्रासरूट अभियानमा पार्टी केन्द्रित भएको भन्दै सरकारतिर ध्यान नदिएको उहाँले भनाइ राख्नुभयो ।

''हामीले चाह्यो भने एक हप्ताभित्र सरकार ढालिदिन्छौ, तर अहिले त्यतातिर लागेका छैनौँ ।'' पौडेलले भन्नुभयो, ग्रासरूट अभियानबाट आगामी निर्वाचनमा तीनै तहका निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने भनाइ राख्नुभयो । 

पूर्वउप्रधान तथा अर्थमन्त्री रहनुभएका पौडेलले वर्तमान सरकार आएदेखि सरकार आर्थिक रूपमा निकै कमजोर हुँदै गएको भनाइ राख्नुभयो । वर्तमान सरकार जनसवाल भन्दा पद केन्द्रीकृत रहेको पौडेलका दाबी छ ।

प्रतिपक्षमा बसेर एमालेले सरकारका गलत काममा कडा खालको भूमिका खेल्ने भनाइ छ । एमाले र एकीकृत समाजवादीबीचकाे एकताको विषयमा पत्रकारको प्रश्नमा एमाले कुनै दलसँग एकता नभएर त्यस पार्टीबाट सदस्य भित्र्याउने क्रममा रहेको बताउनुभयो । 

एमाले अछामका अगुवा कार्यकर्तालाई मिसन ग्रासरूट अभियानका बारेमा प्रशिक्षण गर्न अछाम पुग्नुभएका पौडेलसँगै एमालेकै केन्द्र सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य कर्णबहादुर थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत हुनुहुन्छ । पौडेल ग्रासरूट अभियानका क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पुग्ने योजना रहेको छ ।