चित्र मिजार
सिन्धुपाल्चोक, चैत २० गते । जुगल गाउँपालिका वडा नम्बर २ र ३ मा निर्माण हुने ३५ दशमलव ४७ मेगावाटको ब्रम्हायणी जलविद्युत आयोजना र १५ दशमलव १५ मेगावाटको अप्पर ब्रम्हायणी जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत सुनिश्चित भएको छ ।
ब्रम्हायणी हाइड्रोपावर कम्पनी प्रालि तथा इन्टिगे्रटेड हाइड्रो फण्ड नेपाल प्रालिले निर्माण गर्ने दुवै आयोजनाहरूको लागि वित्तीय स्रोत सुनिश्चित भएको हो । दुवै आयोजनाका लागि सानिमा बैङ्क, सिद्धार्थ बैङ्क, कुमारी बैङ्क, लक्ष्मी बैङ्क, प्रभु बैङ्क, एचआईडीसिएल र मञ्जुश्री फाइनान्सले ऋण लगानी गर्ने सम्झौता भएको छ ।
उक्त बैङ्क, वित्तीय संस्थाका अधिकार प्राप्त अधिकारीहरू र इन्टिगे्रटेड हाइड्रो फण्ड नेपाल प्रालिका कार्यकारी अध्यक्ष भरतप्रसाद पराजुलीबीच लगानी सम्झौता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।