• ६ जेठ २०८१, आइतबार

कीर्तिपुरमा शहीदको स्मरणमा प्रभातफेरि

blog

२०४६ सालकाे जनआन्दोलनमा कीर्तिपुरमा सहिद हुनेहरूकाे स्मरणमा प्रभातफेरि हुँदै । तस्बिर: सामाजिक सञ्जालबाट

काठमाडौं, चैत २० गते । वि.सं. २०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त शहीदको स्मरणमा कीर्तिपुरमा प्रभातफेरि गरिएको छ । 

सहिद स्मृति व्यवस्थापन समितिले सो आन्दोलनमा ज्यान गुमाउनुभएका राजमान माली, राजेन्द्र महर्जन, हीराकाजी महर्जन र लनबहादुर महर्जनको स्मरण हरेक वर्ष सो कार्यक्रम आयोजना गर्दै आएको छ ।


काठमाडौँ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री राजेन्द्रकुमार केसी र काठमाडौँ क्षेत्र नम्बर ९ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीले राजनीतिक तथा सामाजिक परिवर्तनमा ज्यान बलिदान गर्नुहुनेप्रति श्रद्धासुमन व्यक्त गर्नुभयो ।


कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सुनिता शाक्य महर्जनसहित विभिन्न राजनीतिक पार्टी, संघसंस्था, क्याम्पस, विद्यालयका विद्यार्थी, शिक्षक तथा सरोकारवालाको प्रभातफेरिमा सहभागिता रहेको छ ।





Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।