शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २ गते । बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई २–१ गोलले हरायो ।
बार्सिलोनालाई जिताउन पेड्रीले १३औँ र रोनाल्ड अराउजोले इन्जुरी समयमा निर्णायक गोल गर्नुभयो । जिरोनाका लागि एक्सल विट्सलले २०औँ मिनेटमा गोल गर्नुभएको थियो ।
जितसँगै बार्सिलानाले नौ खेलमा २२ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २१ अङ्क छ । पराजित जिरोना ६ अङ्कसहित १९औँ स्थानमा छ । एजेन्सी