• ११ मंसिर २०८१, मङ्गलबार

स्वास्थ्य शिक्षासम्बन्धी कार्यशाला गाेष्ठी सम्पन्न

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, चैत २३ गते । नेपाल स्वास्थ्य शिक्षा सङ्घले १५ औँ साधारण सभाको अवसरमा आयोजित राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सो अवसरमा सङ्घद्वारा प्रकाशित जर्नल अफ हेल्थ प्रोमोसनको १० औँ अङ्क र हीन स्मारिका २०७९ को विमोचन त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्रा.डा. चित्रबहादुर बुढाथोकीले गर्नुभयो । उहाँले जर्नल अफ हेल्थ प्रमोसनका प्रधान सम्पादक प्रा.डा. श्यामकृष्ण महर्जनलाई सम्मान पनि गर्नुभयो ।


राष्ट्रिय कार्यशाला गोष्ठीमा स्वास्थ्य सम्बन्धी विभिन्न शीर्षकमा प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. भीमसेन, डा. देवराज आचार्य, डा. कल्पना ज्ञवाली र डा. मोहन कुमार शर्मा, डा. तुल्सीराम भण्डारी, तोयानाथ पहाडी, रामनरेश यादव, राधादेवी ढकाल, मङ्गला पौडेल, थानेश्वर कोइरालाले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरिएको थियो । 


यस्तै, नेपाल स्वास्थ्य शिक्षा सङ्घको १५ औँ साधारण सभाले प्रा.डा. भिमसेन देवकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्ष डा. कल्पना ज्ञवाली, महासचिव डा. भगवान् अर्याल, कोषाध्यक्ष सुभाष प्रसाद र सचिव यदुराम उप्रेती चयन हुनुभयो। 


कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र केन्द्रीय विभाग चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले लोक नृत्य प्रस्तुत गरेका थिए।