देवराम प्रसाद यादव
सप्तरी, चैत २३ गते । सप्तरीको कंचनरुप नगरपालिका ३ दास टोलका २२ वर्षीय एक युवकले विषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
कंचनरुप नपा ३ दास टोलका २२ वर्षीय श्यामकुमार दासले धान, गहुँमा हाल्ने अलमुनियम नामक विषादी सेवन गरी आत्महत्या गरेको छ ।
विषादी सेवन गरेपछि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सामान्य उपचार पश्चात् थप उपचारको लागि विराट नर्सिङ होम अस्पताल विराटनगरमा बिहीबार बिहान डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।
शवको पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगरमा पठाइएको छ भने उक्त घटनाबारे थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।