• ११ मंसिर २०८१, मङ्गलबार

करिब दुई हजार मानिस घरबारविहीन

blog

दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढी ।

गाेरखापत्र अनलाइन

दक्षिणी तान्जानिया, चैत २६ गते । दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीहरूले बताएका छन् । 

देशको दक्षिणी क्षेत्र मटवारामा जारी भारी वर्षासँगै आएको बाढीबाट एक हजार आठ सय मानिस घरबारविहीन भएका मिटवाराका क्षेत्रीय आयुक्त अहमद अब्बासले बताएका छन् । पीडितहरू सबैका घर डुबानमा परेको जनाउँदै उनले रुबु नदीमा पानीको सतह अझ बढिरहेकाले थप क्षतिको आशङ्का गरेका छन् । 

प्राथमिक विद्यालयका भवनमा बाढी पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको जानकारी दिँदै क्षेत्रीय आयुक्त अब्बासले त्रिपालका साथै खाद्य सहयोग गरिएको बताएका छन् ।  एक सय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकै र आलु बाढीले नष्ट भएको छ । बाढीबाट भएको क्षतिको मूल्याङ्कन भइरहेको छ । – रासस / सिन्ह्वा