आगामी वैशाख महिनादेखि सञ्चालनमा आउने भनिएको बुटवल बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने लुम्बिनी केबुलकारको काम सम्पन्न नभएको जनाइएको छ।
यस वर्षको हिमाल आरोहण याम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढ्न थालेको छ ।
सप्तरी महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले स्थानीय तह सञ्चालन गर्न सजिलो रहेको बताउनुभएको छ ।
बाँकेका आठ स्थानीय तहको बेरुजु करिब ७० करोड पुगेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक गरेको ६०औँ लेखापरीक्षण प्रतिवेदनमा बाँकेका आठ स्थानीय तहको बेरुजु ६९ करोड ५५ लाख पुगेको छ ।
दाङको बंगलाचुली गाउँपालिका–४ गहतेराका डोरबहादुर घर्तीमगर अहिले चैते धान रोप्न व्यस्त छन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवार सुकाखोलाको पानीले सिञ्चित भएको करिब १४ कट्ठा खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ र वडा नं ९ जोड्ने तिलानदीको पक्की पुल बाढीले बगाएपछि समस्या भएको छ ।
सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो ।
सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक नभएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले जनाएको छ ।
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन् ।
भानुमार्ग र पृथ्वी राजमार्ग जोड्ने बागेश्वरी मोटरमार्ग बनेपछि स्थानीय बासिन्दालाई यात्रा अवधि छोटिएको मात्रै छैन धुलो खानुपर्ने र जाममा पर्नु पर्ने बाध्यता समेत हटेको छ ।
म्याग्दीको करबाकेली इको ट्रेकमा पर्ने सुन्दर पर्यटकीय स्थल आलडाँडा पर्यटकको पखाइमा छ । अन्नपूर्ण गाउँपालिका -८ मा पर्ने आलडाँडा सुन्दर पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर हुने गरेको पाइएको छ । सातवटा प्रदेशमध्ये लुम्बिनीमा मातृ मृत्युदर धेरै हुने गरेको हो ।
बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं. –४ मा जन्मदर्ता अभियान सुरु गरिएको छ । जन्मदर्ता नभएर पढाइ छुटेका बालबालिकालाई घरमै जन्मदर्ताको प्रमाणपत्र दिने उद्देश्यले यो जन्मदर्ता अभियान सुरु गरिएको हो ।
नेपालमा हेमोफिलिया 'रक्तस्राव'का बिरामीको अवस्था निकै दयनीय छ । वीर अस्पतालका रक्तरोग तथा रक्तक्यान्सर रोग विशेषज्ञ डा. नीरजकुमार सिंहले हेमोफिलियाका बिरामी आजीवन उपचारमा बस्नुपर्ने भएकाले उहाँहरूको जीवन अत्यन्त कष्टकर हुने बताउनुहुन्छ ।
तीन हजार ४७० मिटरकाे उचाईमा अवस्थित चाररातेमा सम्पन्न पुरुष फुटबल प्रतियोगितामा भारतको मानेभञ्ज्याङ क्लव, दार्जिलिङले पहिलो भएको छ ।