झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
गत भदौ २३ गते भेरी अस्पताल नेपालगञ्जको ओपिडी भवनको निर्माण अवस्थाबारे जानकारी लिन पुग्नुभएका तत्कालीन सहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्माण व्यवसायीले मङ्सिर २३ गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
पूर्वी नवलपरासीका विभिन्न वनहरूमा डढेलो लाग्ने क्रम बढ्दै छ । जिल्लाका विभिन्न वनहरूमा सुख्खा मौसम सुरु भएपछि चैतसम्ममा दुई हजार ६५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको हो ।
स्वर्गद्वारी नगरपालिका -७ तापस्थित माडी नदीमा डुबेर एक युवाको ज्यान गएको छ ।
जिल्लाको रिव्दीकोट –५, ढकालटोलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १५ सएफुटस्थित चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
आगामी वैशाख महिनादेखि सञ्चालनमा आउने भनिएको बुटवल बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने लुम्बिनी केबुलकारको काम सम्पन्न नभएको जनाइएको छ।
यस वर्षको हिमाल आरोहण याम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढ्न थालेको छ ।
सप्तरी महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले स्थानीय तह सञ्चालन गर्न सजिलो रहेको बताउनुभएको छ ।
बाँकेका आठ स्थानीय तहको बेरुजु करिब ७० करोड पुगेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक गरेको ६०औँ लेखापरीक्षण प्रतिवेदनमा बाँकेका आठ स्थानीय तहको बेरुजु ६९ करोड ५५ लाख पुगेको छ ।
दाङको बंगलाचुली गाउँपालिका–४ गहतेराका डोरबहादुर घर्तीमगर अहिले चैते धान रोप्न व्यस्त छन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवार सुकाखोलाको पानीले सिञ्चित भएको करिब १४ कट्ठा खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ र वडा नं ९ जोड्ने तिलानदीको पक्की पुल बाढीले बगाएपछि समस्या भएको छ ।
सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो ।
सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक नभएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले जनाएको छ ।
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन् ।