• १९ असार २०८१, बुधबार

लुम्बिनी केबुलकार चाँडै सञ्चालन हुँदै

blog

लुम्बिनी केबुलकार ।

पविता पौडेल 

सैनामैना, बैशाख ६ गते । आगामी वैशाख महिनादेखि सञ्चालनमा आउने भनिएको बुटवल बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने लुम्बिनी केबुलकारको काम सम्पन्न नभएको जनाइएको छ। 

सामान समयमा उपलब्ध नहुँदा काममा ढिलाइ हुँदा भनेको समयमा सञ्चालन हुन नसकेको कामदारहरू बताउँछन् । सामान समयमा उपलब्ध भएको भए वैशाख १ मा सञ्चालन गर्ने कुरा भए पनि पूरा नभएको बताइएको छ । 

वसन्तपुर डाँडामा अहिले होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरू निर्माण भइरहेका छन् । करिब तीन किलोमिटर लामो केबुलकारको  एक डिब्बामा ८ जनाले  यात्रा गरनसक्ने गरी बनाइएको छ  । 

कम्पनीले नौ वटा टावरसहित केबलकार निर्माण गरिरहेको छ । 

केबलकारको शिलान्यास २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको सो कम्पनीमा तीन अर्ब ५२ करोड रुपियाँ लाग्ने सञ्चालकको भनाइ  छ।