सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो ।
सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक नभएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले जनाएको छ ।
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन् ।
भानुमार्ग र पृथ्वी राजमार्ग जोड्ने बागेश्वरी मोटरमार्ग बनेपछि स्थानीय बासिन्दालाई यात्रा अवधि छोटिएको मात्रै छैन धुलो खानुपर्ने र जाममा पर्नु पर्ने बाध्यता समेत हटेको छ ।
म्याग्दीको करबाकेली इको ट्रेकमा पर्ने सुन्दर पर्यटकीय स्थल आलडाँडा पर्यटकको पखाइमा छ । अन्नपूर्ण गाउँपालिका -८ मा पर्ने आलडाँडा सुन्दर पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर हुने गरेको पाइएको छ । सातवटा प्रदेशमध्ये लुम्बिनीमा मातृ मृत्युदर धेरै हुने गरेको हो ।
बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं. –४ मा जन्मदर्ता अभियान सुरु गरिएको छ । जन्मदर्ता नभएर पढाइ छुटेका बालबालिकालाई घरमै जन्मदर्ताको प्रमाणपत्र दिने उद्देश्यले यो जन्मदर्ता अभियान सुरु गरिएको हो ।
नेपालमा हेमोफिलिया 'रक्तस्राव'का बिरामीको अवस्था निकै दयनीय छ । वीर अस्पतालका रक्तरोग तथा रक्तक्यान्सर रोग विशेषज्ञ डा. नीरजकुमार सिंहले हेमोफिलियाका बिरामी आजीवन उपचारमा बस्नुपर्ने भएकाले उहाँहरूको जीवन अत्यन्त कष्टकर हुने बताउनुहुन्छ ।
तीन हजार ४७० मिटरकाे उचाईमा अवस्थित चाररातेमा सम्पन्न पुरुष फुटबल प्रतियोगितामा भारतको मानेभञ्ज्याङ क्लव, दार्जिलिङले पहिलो भएको छ ।
रत्न राजमार्गको नेपालगन्जदेखि सुर्खेत वीरेन्द्रनगर उपत्यका जोड्ने प्रमुख राजमार्गलाई व्यवस्थित बनाइने भएको छ । सञ्चालनमा आएको लामो समय भइसक्दा पनि यो सडकको स्तरोन्नति हुन सकिरहेको थिएन ।
कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति जुटेको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट आइतबार बसेको बैठकबाट सहमति जुटेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीन तहको सरकार खारेज गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुग्नुभएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा अस्थायी काठेपुल लगाएर हिउँद मौसममा यातायात सञ्चालन गरिँदै आएको छ ।
गाउँको तीन तर्फ खोला छन् । खोलामा पानी पनि प्रशस्त छ त त्यही खोला बीचमा रहेको गाउँ सुख्खा छ । दाङको गढवा गाउँपालिका वडा नं. ७ चन्दनपुरको गाउँको पूर्वमा मानपुर खोला, पश्चिममा गुरुङ खोला र उत्तरमा राप्ती नदी बगेको छ ।