कोरोना भाइरसको सङ्क्रमणबाट करिब एक वर्षपछि बाँकेका एक जना वृद्धको उपचारका क्रममा मृत्यु भएपछि नियन्त्रण अभियानलाई तीव्र पार्न सुरु गरिएको छ ।
चितवनको उपनिर्वाचनको जारी मतगणनामा रवि लामिछानेले चितवन –२ बाट पचास हजार भन्दा धेरै मत ल्याउनुभएको छ ।
निर्माणाधीन पाल्पाको तानसेन डबलीमा झार उम्रिएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा तानसेन डबली निर्माणाधीन अवस्थामा नै झार उम्रिएको छ ।
सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताउनुभएको छ ।
बाँकेको दुर्गम मानिने राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई डुबानबाट जोगाउन वर्षा सुरु हुनुभन्दा पहिले नै राप्ती नदीमा अति जोखिममा रहेका नौ स्थानमा तटबन्ध निर्माण आवश्यक देखिएको छ ।
काठमाडाैं उपत्यकामा सोमबार पानी परिरहेको छ । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चितवन -२ को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा आचारसंहिता पालना नगरेकाको अभिलेख निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पठाउने र आवश्यक सतर्कता अपनाएर अगाडि बढ्ने सहमति भएपछि दिउँसो १ बजेबाट मतगणना हुने भएको हो ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ ।
आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिनुभएको छ ।
बारा क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनको मत परिणाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेकाे मतान्तर बढ्दै गएको छ ।
घर–घरमा आएर पशुलाई टोक्ने स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–१ मा आतङ्क मच्चाएपछि स्थानीयले स्याललाई मारेका हुन् ।
सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजेदेखि सेवा सुरु गरेको छ ।