• २७ पुस २०८१, शनिबार

वृहत् हुप्सेकोट सहरी खानेपानी आयोजना सम्पन्न

blog

देउराली हुप्सेकोट शहरी खानेपानी ट्यांकीमा खानेपानी प्रशोधन गरिँदै । तस्बिर– होमराज रानाभाट

होमराज रानाभाट 

कावासोती, बैशाख १३ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा वर्षौँदेखि कुवाको पानी खान बाध्य त्यहाँ अहिले वृहत् हुप्सेकोट सहरी खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयमा खुसीयाली छाएको छ । 

तीन वर्ष अघि २०७७ बाट सुरु भएको वृहत् देउराली हुुप्सेकोट सहरी खानेपानी तथा सरसफाइ आयोजना २०८० वैशाखको पहिलो हप्ता सम्पन्न भएपछि अहिले त्यहाँ तीन हजार ७०० धारा जडान गरी हुुप्सेकोट गाउँपालिकाका ३० हजार जनसङ्ख्यालाई पुुग्नेगरी खानेपानी उपलब्ध गराइएको वृहत् देउराली हुुप्सेकोट सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष ओमान सिंह रजाली मगरले बताउनुभयो । 

सो आयोजनाले सो गाउँपालिकाका वडा नं. १, २, ३, र ४ का बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् भने अहिले यो आयोजनलाई जिल्लाकै नमुना आयोजनाका रूपमा विकास गरिएसँगै आयोजना सम्पन्न हुनु सबैका लागि खुसीको कुरा भएको अध्यक्ष रजाली मगरको भनाइ छ । 

सो आयोजनाका लागि नेपाल सरकारले ७० प्रतिशत, पाँच प्रतिशत अग्रिम उपभोक्ताबाट लागत सहभागिता र २५ प्रतिशत नगर विकास कोषबाट ऋणबाट झण्डै ९३ करोडमा आयोजना निर्माण सम्पन्न भएको उपभोक्ता संस्थाका अध्यक्ष रजाली मगरले बताउनुभयो ।

सो आयोजनाको लागि वडा नं. ५ को गिरुवारी खोला, वडा नं. २ को बेतही खोला, वडा नं. ४ को पत्थर खोला र वडा नं. ४ को गिरुवारी खोलाको मुहानबाट पानी लिफ्टिङ गरी १५ वटा ठूला ट्यांक्कीमा हालेर २४ सै घण्टा खानेपानी उपलब्ध हुने अध्यक्ष रजाली मगरको भनाइ छ । 

सो आयोजनाका लागि चार वटा खोलाको मुहान प्रयोग गरिएको छ भने पानी प्रशोधनका लागि फुल्केलेटर ट्याङ्की दुई , रफिगं फिल्टर ट्याङ्की चार, सेडिमेन्टेशन ट्याङ्की चार, सोलोसेन्ट फिल्टर ट्याङ्की पाँच गरी १५ वटा ट्याङ्की निर्माण गरी खोलाको पानी लिफ्टिङबाट ट्याङ्कीमा झारी २४ सै घण्टा हुुप्सेकोट गाउँपालिकाका चार वडाका जनतालाई स्वच्छ र सफा खानेपानी वितरण गरिएको अध्यक्ष रजाली मगरले बताउनुभयो । 

देउराली हुुप्सेकोट सहरी खानेपानी सम्पन्न भएपछि वर्षाैंदेखि स्वच्छ खानेपानी पिउन बाट वञ्चित हुुप्सेकोट गाउँपालिकाका जनताले अहिले भने आयोजना सम्पन्न भएपछि स्वच्छ र सफा पानी खान पाएका गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । 

जिल्लाकै नमुना र सबैभन्दा ठूलो खानेपानी आयोजनाका रूपमा रहेको यो आयोजनाले स्थानीयले स्वच्छ, सुरक्षित सर्वसुलभ र दिगो खानेपानी प्राप्त गरेको र यसको पहुँच सुनिश्चित गर्दै गुणस्तरीय सेवा अभिवृद्धि गर्दै अघि बढेको उपभोक्ता समितिका अध्यक्ष रजाली मगरले बताउनुभयो ।