• २३ पुस २०८१, मङ्गलबार

पचासी लाख रुपियाँमा झोलुङ्गे पुल निर्माण

blog

मकवानपुरको बकैया गाउँपालिका वडा नं. ३ र ४ जोड्ने झोलुङ्गे पुलको उद्घाटन कार्यक्रम ।

राममणि दाहाल 

हेटौँडा, वैशाख १२ गते । मकवानपुरको बकैया गाउँपालिकामा ८५ लाख रुपियाँको लागत झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

बकैया गाउँपालिका वडा नं. ३ र ४ जोड्ने उक्त पुल राडो नेपालको प्राविधिक सहयोग एवं सङ्घीय सरकार र बकैया गाउँपालिकाको गरी ८५ लाख ३३ हजार रुपियाँको लागतमा निर्माण भएको हो । १०७ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणसँगै दुवै वडाका गरी करिब झण्डै १५ सय स्थानीय बासिन्दा लाभान्वित हुने भएको छन् । 

नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्दै बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले पुल निर्माणपछि स्थानीयलाई आवागमनमा सहज भएको र स्थानीय उत्पादनले बजार पाउने बताउनुभयो ।

कार्यक्रममा राडो नेपालका विष्णु धितालले झोलुङ्गे पुलको सामाजिक परीक्षणसमेत गरिएको जानकारी दिनुभयो ।