प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक लोकतन्त्रको प्राण भएको बताउनुभएको छ । यहाँस्थित राष्ट्रिय सूचना आयोगको १६ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले सो धारणा राख्नुहुँदै सूचना विना मुलुककाे विकास सम्भव नभएकाे बताउनुभयाे ।
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ७ का एक बालकको अपहरण भएको तीन दिनपछि उद्धार गरिएको छ ।
लोपोन्मुख सुरेल समुदाय कृषि पेसामा आकर्षित हुन थालेका छन् । बाँस तथा चोयाका विभिन्न सामग्री बुन्ने परम्परागत पेसा भएका उहाँहरूको घर आगनमै सडकको पहुँच विस्तार भएपछि कृषि पेसामा आकर्षित भएका हुन् ।
चिनियाँ विशेषज्ञ समूहले नेपालमा छैंठाै पटक नि:शुल्क रूपमा माेतियाविन्दुकाे शल्यक्रिया गरेका छन् । अरनिको समाजको अगुवाइमा भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा करिब एक सय जना बिरामीले माेतियाविन्दुकाे शल्यक्रिया गरेका हुन् ।
बाजुरामा बाढीपहिरोबाट विस्थापित भएका घरपरिवारको घर निर्माणको काम अलपत्र परेको छ ।
यही वैशाख २० गते अर्थात् मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस । यस अवसरमा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।
तनहुँमा नरभक्षी चितुवाको आक्रमणमा परेर ६ वर्षमा १४ जना बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले धेरै आतङ्क मच्चाएको छ ।
यहाँस्थित नेपाल–भारत जमुनाहा नाका ४८ घण्टाका लागि बन्द गरिएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर पञ्चायतको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।
ताप्लेजुङमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा एक अन्तर्क्रिया आयोजना गरिएको छ । कार्यक्रममा सहभागीले प्रविधिको विकासले नागरिकको जीवनशैलीलाई सहज बनाएको उल्लेख गरेका छन् ।
नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपियाँ) बराबर ऋण निकासा दिने भएको छ ।
बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिनुभएको छ। मुख्यमन्त्री नियुक्त भएको ६ दिनमा चौधरीको पक्षमा प्रदेश सभाका बहुमत ५३ प्रदेश सभाका सदस्यहरूले विश्वासको मत दिनुभएको हो ।
भारतको उत्तर प्रदेशमा हुन लागेको निर्वाचनलाई लक्षित गरेर आज मंगलबार साँझदेखि रुपन्देहीको बेलहिया नाका बन्द गरिँदैछ ।
मौलिक कला संस्कृति र जीवनशैली गुर्जाको पहिचान हो । करिब ७ सय वर्ष पहिला खानी उत्खनन्को खोजी गर्दै छन्त्यालहरु जुम्लाको सिंजाबाट गुर्जा आएको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।