कैलाली प्रहरीले ३८५ लिटर घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय, भजनीबाट खटेको प्रहरी टोलीले भजनी नगरपालिका–५ र ७ बाट मदिरा बरामद गरेर जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको हो ।
कालीकोट जिल्लाको पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंङ्क बुढालाई पक्राउ गर्न गएको प्रहरी माथि गाउँलेले आक्रमण गरेका छन् ।
त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा प्रथम नगरप्रमुख स्वर्गीय ओमबहादुर बुढाको सालिक अनावरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले नक्कली भुटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन ढिलो गर्नु नहुने बताउनुभएको छ ।
कालिगण्डकी नदीमा सेतिबेनी मोटरेबल पुल सम्झौताको २ वर्ष पुग्नै लाग्दा निर्माण थालनी भएको हो ।
तराई मधेशका सप्तरीलगायतका जिल्लामा तापमान ४० डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा तराई मधेशमा जनजीवन प्रभावित बनेको हो ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरू नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको भीड लागेको छ । पछिल्लो सातायता दैनिक हजारौँ तीर्थयात्रीको आगमन हुन थालेसँगै पाथीभरामा दर्शनार्थीको भीड लाग्न थालेको हो ।
हरिनास गाउँपालिका वडा नं. ६ दग्दीमा एक दिने पशु स्वास्थ्य शिविर गरिएको छ ।
फरक क्षमता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य पत्रकार मनबहादुर कठायतलाई स्कुटर हस्तान्तरण गरिएको छ ।
सर्लाहीको लालबन्दीमा गाडीको ठक्करबाट एक बेवारिसे महिलाको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा लोहोर खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
ताप्लेजुङस्थित नेपाल नेत्र ज्योति सङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार अबेर सम्पन्न सङ्घको १० औँ जिल्ला अधिवेशनले राजकुमार गुरुङ सभापति रहेको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा जोखिमपूर्ण रूपमा बस्दै आएका छन् ।
नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।