झापा कनकाई नगरपालिका ३ सुरुङ्गाको एक होटलको कोठामा एक २४ वर्षीया युवती झुण्डिएर मृत अवस्थामा फेला परेकी छिन् ।
धनगढीको गार्मेन्ट उद्योगमा विद्यालय पोसाक बनाउन चटाराे छ । धनगढी उपमहानगरपालिका–५ जाई गाउँमा रहेको साथी गार्मेन्ट उद्योगलाई विद्यालयका लागि टी–सर्ट, सट्याकसुट, पाइन्ट लगायतको पोसाक बनाउन र बेच्न चटाराे भएको हो ।
लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री तथा प्रवक्ता सन्तोष पाण्डेले यही शुक्रबारभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ ।
जिल्लाको विभिन्न स्थानमा जनप्रतिनिधि तथा निर्माण व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थको चोरी निकासी भएको छ ।
वर्षायामको सुरु हुनै लाग्दा पुतलीबजार नगरपालिका वडा न. १ र ३ का स्थानीयले अरौदी खोलामा पुल निर्माणको माग गरेका छन् ।
जिल्ला सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ इनरुवाले आफ्नो अनुगमनलाई निरन्तर जारी राखेको छ ।
दाङको लमही नगरपालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ । चालु आर्थिक वर्षमा लमही नगरपालिकामा चार जना प्रमुख प्रशासकीय अधिकृत आउने र जाने भइरहेको छ ।
कैलाली प्रहरीले ३८५ लिटर घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय, भजनीबाट खटेको प्रहरी टोलीले भजनी नगरपालिका–५ र ७ बाट मदिरा बरामद गरेर जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको हो ।
कालीकोट जिल्लाको पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंङ्क बुढालाई पक्राउ गर्न गएको प्रहरी माथि गाउँलेले आक्रमण गरेका छन् ।
त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा प्रथम नगरप्रमुख स्वर्गीय ओमबहादुर बुढाको सालिक अनावरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले नक्कली भुटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन ढिलो गर्नु नहुने बताउनुभएको छ ।
कालिगण्डकी नदीमा सेतिबेनी मोटरेबल पुल सम्झौताको २ वर्ष पुग्नै लाग्दा निर्माण थालनी भएको हो ।
तराई मधेशका सप्तरीलगायतका जिल्लामा तापमान ४० डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा तराई मधेशमा जनजीवन प्रभावित बनेको हो ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरू नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको भीड लागेको छ । पछिल्लो सातायता दैनिक हजारौँ तीर्थयात्रीको आगमन हुन थालेसँगै पाथीभरामा दर्शनार्थीको भीड लाग्न थालेको हो ।