अर्जुन चौपारी गाउँपालिकाले किरातेश्वर कन्स्ट्रक्सन ब्रिलिङ कम्पनी प्रालि सुकेधारा काठमाडौँलाई दैनिक ३२ हजार ४९२ रुपियाँ ४७ पैसा जरिवाना गर्ने भएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन बढ्न सकेको छैन । हाल पूर्ण क्षमतामै उत्पादन हुनुपर्नेमा लामो समयसम्म खडेरी भएकाले उत्पादन बढ्न नसकेको केन्द्रले जनाएको छ ।
मातृविहीन अवस्थामा हुर्काइएका गैँडाका दुई बच्चालाई आइतबार प्राकृतिक वासस्थानमा छाडिएको छ ।
प्रधानमन्त्रीको आव्हानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ।
पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।
म्यान्माको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार उल्लेख गरेको गरेको छ।
मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार – २०८० बाट राष्ट्रिय समाचार समिति ९रासस ०का अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने भएको छ ।
सडक किनाराको पर्खाल बलियो र गुणस्तरीय बनाउन माग गरेर पोलमा चढेका बुढीगंगा –७ डंग्राहाका ४० वर्षे दिनेशकुमार माझीकाे उद्धार गरिएकाे छ ।
भक्त जगकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट जीवनकला खत्री (सरिता) सम्मानित हुनुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्ध मात्रै आए पनि कारबाही हुने चेतावनी दिनुभएको छ ।
विश्वमा पानीको स्रोतमा नेपाल विश्वको दोस्रो मानिए पनि नेपालमा पानीको प्रयोग १० प्रतिशत मात्र हुने गरिएको पाइएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा कसैको मुख नहेर्ने बताउनुभएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका –४ स्थित धौलागिरि हिमालको आधार शिविरमा विगत ७ महिनादेखि बेपत्ता भएकाको शव फेला परेको छ ।
सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय भर्ना अभियानलाई तीव्रता दिइएको छ । यस अभियानबाट अभिभावक प्रभावित भई विद्यार्थी भर्ना गराउन उत्साहित भएको सामुदायिक विद्यालयहरूले जनाएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाभित्र यात्रुलाई सस्तो, सुलभ र भरपर्दो नगर यातायात सेवा दिने गरी मन्त्रालयबाट रकम माग गरेको योजना ओझेलमा परेको छ । नगर बस सञ्चालनका लागि नगरपालिकाले पनि बजेट व्यवस्थापन गर्ने योजनामा थियो ।