प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास बढेको बताउनुभएको छ ।
बागमती प्रदेशको मन्त्रिमण्डल आज आइतबार विस्तार हुने भएको छ ।सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो । हाल बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने तयारी छ ।
हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक खण्ड शनिबार राति परेको अविरल वर्षाले अवरुद्ध भएको छ ।
कोहलपुरका शैक्षिक अभियन्ता तथा साहित्यप्रेमी स्वर्गीय टिकाराम सुवेदीको १३ औं स्मृति दिवसको अवसरमा शनिबार गजलकार देवकी निरौलाको “एकल गजल वाचन“ कार्यक्रम सम्पन्न गरिएको छ ।
करेसाबारीमा काम गरिरहेको अवस्थामा जंगलबाट निस्केको गैंडाले आक्रमण गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समृद्धि र सुशासनको बाटो चुनौतीपूर्ण भएको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको शनिबार भएको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वर्तमान सरकारले आन्दोलनद्वारा स्थापित उपलब्धीलाई संस्थागत गर्ने कार्य गरिरहेको बताउनुभएको छ ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा बालमैत्री धारा निर्माण भएका छन् । आधारभूत विद्यालयमा अध्यापनरत विद्यार्थीले सहज पानी पिउन भन्ने उद्देश्यका साथ सो कार्य गरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले नाबालिका तथा किशोरीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जनालाई पक्राउ गर्दै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा चलाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । गत माघ २७ मा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना उपलब्धिबारे जानकारी दिनु भएको हो ।
अर्जुनचौपारी गाउँपालिकाले वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाले गरेको शिविरमा ३६२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ३१ थरिका औषधि वितरण गरिएको थियो ।
भरतपुर महानगरपालिकाले चितवन प्रहरीलाई खोज तथा उद्दार सामग्री हस्तान्तरण गरेको छ । वर्षाको समय सुरुआत पूर्व तयारीको लागि महानगरले खोज तथा उद्दारमा प्रयोग हुने २२ प्रकारको सामग्री एक कार्यक्रमबीच शुक्रबार हस्तान्तरण गरेको हो ।
श्रीमतीको हत्या गरी फरार रोल्पाका गर्भे विकलाई जेठ २ गते काठमाडौँमा पक्राउ गरिएको छ । गत फागुनमा श्रीमती केशु विकको हत्या गरी उनी फरार थिए ।
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सामेल हुन लागेको छ । प्रदेश सरकार र माओवादी केन्द्र संसदीय दलबीच भएको सहमतिअनुसार माओवादीले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने गरी आज शुक्रबार नै सरकारमा सामेल हुन लागेको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य जिपछिरिङ लामाले हरेक ठाउँमा सकारात्मक सोच राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।