कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा बालमैत्री धारा निर्माण भएका छन् । आधारभूत विद्यालयमा अध्यापनरत विद्यार्थीले सहज पानी पिउन भन्ने उद्देश्यका साथ सो कार्य गरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले नाबालिका तथा किशोरीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जनालाई पक्राउ गर्दै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा चलाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । गत माघ २७ मा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना उपलब्धिबारे जानकारी दिनु भएको हो ।
अर्जुनचौपारी गाउँपालिकाले वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाले गरेको शिविरमा ३६२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ३१ थरिका औषधि वितरण गरिएको थियो ।
भरतपुर महानगरपालिकाले चितवन प्रहरीलाई खोज तथा उद्दार सामग्री हस्तान्तरण गरेको छ । वर्षाको समय सुरुआत पूर्व तयारीको लागि महानगरले खोज तथा उद्दारमा प्रयोग हुने २२ प्रकारको सामग्री एक कार्यक्रमबीच शुक्रबार हस्तान्तरण गरेको हो ।
श्रीमतीको हत्या गरी फरार रोल्पाका गर्भे विकलाई जेठ २ गते काठमाडौँमा पक्राउ गरिएको छ । गत फागुनमा श्रीमती केशु विकको हत्या गरी उनी फरार थिए ।
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सामेल हुन लागेको छ । प्रदेश सरकार र माओवादी केन्द्र संसदीय दलबीच भएको सहमतिअनुसार माओवादीले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने गरी आज शुक्रबार नै सरकारमा सामेल हुन लागेको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य जिपछिरिङ लामाले हरेक ठाउँमा सकारात्मक सोच राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
सर्लाहीको गोडैतामा एक युवक मृत अवस्थामा फेला पर्नुभएको छ । बलरा नगरपालिका–९ का २९ वर्षीय अशोक महतो गोडैता नगरपालिका –६ स्थित सडक छेउमा रहेको रामसागर महतोको उखु खेतमा मृत फेला पर्नुभएको हो ।
अवैध रूपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योगहरू अधिकांश सञ्चालनमा आएका छन् ।
बाजुरामा असिना पानीले गहुँबाली नष्ट पारेको छ । बुधबार परेको असिना पानीले जिल्लाका विभिन्न ठाउँमा पाक्न लागेको गहुँ बाली नष्ट पारेको हो ।
प्रत्येक वर्षायाममा डबकपुरवासीलाई एउटै चिन्ता हुन्थ्यो कि बबई नदीले डुबाउँला भनेर । अब त्यो चिन्ता हटेको छ । बस्ती जोगाउन तटबन्धन सुरु गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुङ्गो लाग्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको कुरा कपोलकल्पित रहेको बताउनुभएको छ ।