सुख्खा पहिरो खस्दा आज दिउँसो साढे २ बजेदेखि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताउनुभएको छ । सोमबार चिकित्सा शिक्षा आयोगको एघारौँ बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितकाे राजनीतिक व्यवस्था परिवर्तन हुनुमा युगकवि सिद्धिचरण श्रेष्ठको पनि भूमिका रहेको बत्ताउनुभएको छ ।
प्युठानको स्वर्गद्वारी नगरपालिका –२ धनवाङमा जङ्गलमा लागेको आगो बस्तीमा पस्दा २० घरगोठ जलेर नष्ट भएका छन्।
प्रेस सेन्टर, नेपालले सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौती गर्ने विज्ञापन बोर्डको निर्णय सच्चाउन माग गरेको छ ।
नेकपा (माओवादी केन्द्र) ले सरकारको पछिल्लो कदम सकारात्मक रहेको जनाएको छ । आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा समसामयिक विषयमा पार्टीको स्थिति सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले सो कुरा बत्ताउनुभएको हो ।
सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि बागमती प्रदेशको मन्त्रिमण्डलले पूर्णता पाएको छ । दलहरुबीच भागबण्डा नमिले पनि अन्ततः प्रदेशको ११ मन्त्रालयमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने गरी सहमति भएको हो ।
विज्ञापन बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने भनी वैशाख ३१ गते प्रकाशित सूचनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन पर्यटकीय महत्त्व समेत बोकेको कालिञ्चोक दोलखावासीहरूले गौरव गर्ने एउटा महत्त्वपूर्ण स्थानको रूपमा रहेको छ ।
वरिपरि सुन्दर हिमाल र निलो तालको मनमोहक दृश्यले स्वर्गको अनुभूति हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको काखमा यो ताल रहेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह जिल्ला गोरखामा कार्यकर्ता भेटघाट गर्नुहुँदै शान्तिपूर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक रहेको बत्ताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारहरूले बाँच्नेगरी पारिश्रमिक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव गरेको छ ।