विज्ञापन बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने भनी वैशाख ३१ गते प्रकाशित सूचनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन पर्यटकीय महत्त्व समेत बोकेको कालिञ्चोक दोलखावासीहरूले गौरव गर्ने एउटा महत्त्वपूर्ण स्थानको रूपमा रहेको छ ।
वरिपरि सुन्दर हिमाल र निलो तालको मनमोहक दृश्यले स्वर्गको अनुभूति हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको काखमा यो ताल रहेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह जिल्ला गोरखामा कार्यकर्ता भेटघाट गर्नुहुँदै शान्तिपूर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक रहेको बत्ताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारहरूले बाँच्नेगरी पारिश्रमिक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास बढेको बताउनुभएको छ ।
बागमती प्रदेशको मन्त्रिमण्डल आज आइतबार विस्तार हुने भएको छ ।सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो । हाल बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने तयारी छ ।
हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक खण्ड शनिबार राति परेको अविरल वर्षाले अवरुद्ध भएको छ ।
कोहलपुरका शैक्षिक अभियन्ता तथा साहित्यप्रेमी स्वर्गीय टिकाराम सुवेदीको १३ औं स्मृति दिवसको अवसरमा शनिबार गजलकार देवकी निरौलाको “एकल गजल वाचन“ कार्यक्रम सम्पन्न गरिएको छ ।
करेसाबारीमा काम गरिरहेको अवस्थामा जंगलबाट निस्केको गैंडाले आक्रमण गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समृद्धि र सुशासनको बाटो चुनौतीपूर्ण भएको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको शनिबार भएको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वर्तमान सरकारले आन्दोलनद्वारा स्थापित उपलब्धीलाई संस्थागत गर्ने कार्य गरिरहेको बताउनुभएको छ ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा बालमैत्री धारा निर्माण भएका छन् । आधारभूत विद्यालयमा अध्यापनरत विद्यार्थीले सहज पानी पिउन भन्ने उद्देश्यका साथ सो कार्य गरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले नाबालिका तथा किशोरीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जनालाई पक्राउ गर्दै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा चलाएको छ ।