काठमाडौं, जेठ ७ गते । नेकपा (माओवादी केन्द्र) ले सरकारको पछिल्लो कदम सकारात्मक रहेको जनाएको छ । आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा समसामयिक विषयमा पार्टीको स्थिति सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले सो कुरा बत्ताउनुभएको हो ।
नक्कली भुटानी शरणार्थीमाथि कारबाही, मिटरब्याज पीडितलाई न्याय दिन कानुन निर्माण, विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता, बिदाको दिनमा कार्यालय सुचारु राख्ने, इतिहासमै पहिलो पटक समयमै पाठ्यपुस्तक विद्यालय पुर्याएको जस्ता सरकारका कदम सकारात्मक रहेको माओवादी केन्द्रले जनाएको हो ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, खासगरी, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने कामले गलत ढङ्गबाट पैसा आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको र श्रम, उत्पादनप्रति सम्मान बढेको औँल्याइएको छ ।
प्रवक्ता महराले यससँगै पार्टीको पदाधिकारी बैठकले थप एउटा जनवर्गीय सङ्गठन थप्ने निर्णय गरेको जानकारी दिनुभयो । “प्रवासमा काम गर्ने साथीहरू देशमा फर्किएकाको जनवर्गीय सङ्गठन थपिएको छ । जेठमा राष्ट्रिय भेला गर्दैछ”, उहाँले भन्नुभयो ।
 
                                 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                