• २२ असार २०८१, शनिबार

पत्रकारको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव

blog

पत्रकारको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव गर्नुहुँदै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का ।

काठमाडौँ, जेठ ७ गते । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको न्यूनतम तलब ३४ हजार १२४ रुपियाँ बनाउन प्रस्ताव गरेको छ ।

आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई समितिका अध्यक्ष सङ्गीता खड्कासहितका सदस्यहरूले भेटेर चौथो तहको पत्रकारको न्यूनतम तलब ३४ हजार १२४ बनाउन प्रस्ताव गर्नुभएको हो।

पत्रकारको न्यूनतम पारिश्रमिकका विषयमा राजपत्रमा उल्लेख भएपछि लागू हुने कुरा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य टेनिस राेकाले गोरखापत्रलाई जानकारी दिनुभयो ।

पाँचौँ तहको ३७ हजार ५३८ रुपियाँ र वरिष्ठ सम्वाददाता, भाषा सम्पादक र सहायक सम्पादक वा सो सरहको तलब ४० हजार ९०० सय बनाउनुपर्ने प्रस्तावित छ ।

यस्तै, कार्यालय सहयोगीको तलब २५ हजार २०० कायम गरिएको छ । कार्यालय सहायकको २७ हजार ७२० रुपियाँ प्रस्तावित छ । 

यसअघि पत्रकारको न्यूनतम तलब २४ हजार ६ सय कायम गरिएको थियो ।