• १२ साउन २०८१, शनिबार

विगतका कामलाई नीति तथा कार्यक्रममा समावेश भएन : एमाले अध्यक्ष ओली

blog

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडाैँ, जेठ ७ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास बढेको बताउनुभएको छ । 

आइतबार सरकारले सङ्घीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सो दाबी गर्नुभएको हो ।

मुलुकको अर्थतन्त्र सङ्कटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अस्वाभाविक गतिविधिहरू बढ्दा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको अध्यक्ष ओलीले बत्ताउनुभयो ।

उहाँले सरकार तलब, पेन्सन, सामाजिक सुरक्षा खर्च लगायतका अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थिति पुगेको दोहोर्‍याउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारप्रति जनताको अविश्वास वास्तवमा भन्ने हो भने अभूतपूर्व ढङ्गले यो विश्वास ह्रास भएको छ । अविश्वास बढेको छ अभूतपूर्व ढङ्गले । जनतामा निराशा छ । सामाजिक तथा सांस्कृतिक क्षेत्र अस्वाभाविक गतिविधिहरू बढ्दा छन् । प्रमुख आर्थिक परिसूचकांकहरुले अर्थतन्त्र सङ्कटापन्न भइसकेको देखाएका छन् । सरकार राजस्व उठाउन असफल भइसकेको छ । राजस्वले चालू खर्च तलब, पेन्सन, सामाजिक सुरक्षा भत्ता लगायत अनिवार्य खर्च व्यवस्थापनको दायित्वसम्म पनि गर्न नसक्ने स्थिति सरकार पुगेको छ ।’

अध्यक्ष ओलीले सरकारले विगतका सरकारका राम्रा कामलाई समेत नीति तथा कार्यक्रममा समावेश गर्न नसेकेको भन्दै आपत्ति समेत जनाउनुभयो ।