गोरखा, जेठ ७ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह जिल्ला गोरखामा कार्यकर्ता भेटघाट गर्नुहुँदै शान्तिपूर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक रहेको बत्ताउनुभएको छ।
गृहमन्त्री श्रेष्ठले प्रेस सेन्टर, नेपाल गण्डकी प्रदेशको साधारण सभाको समुद्घाटन गर्न गोरखा आइपुग्दा भेटघाटमा सो कुरा बताउनुहुँदै सरकार, सदन र सडक तीन वटै मोर्चाको सदुपयोग गर्दै सुशासन, समृद्धि र समाजवादमा पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।
सामाजिक न्यायसहितको समृद्धिको लागि सरकारलाई सफल बनाउन कार्यकर्तालाई सहयोग गर्न गृहमन्त्री श्रेष्ठले अपिल गर्नुभयो ।
गृहमन्त्री श्रेष्ठले जोसुकै भए पनि भ्रष्टाचारीलाई नछाड्ने बताउनुहुँदै जुन सुकै पार्टीको होस् जो सुकै होस् भ्रष्टाचारीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अनुसन्धानका क्रममा आफ्नै पार्टीका कोही नेता तथा कार्यकर्ता दोषी देखिए उनीहरूलाई पनि कारबाही गरिने श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समृद्ध मुलुककाे सपना, सामाजिक, आर्थिक रुपान्तरणसहितकाे समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ रहेको बताउनुभयो ।
उहाँले पार्टी भित्र गुट बनाउनु अपराध भएको बताउनुहुँदै भन्नुभयो पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा सम्पूर्ण नेता तथा कार्यकर्ता एकताबद्ध भएको भएको बताउनुहुँदै भन्नुभयो, 'कोही कसैले गुटबन्दी गरेको छ भने त्यो अपराध हो ।'
उहाँले नेकपा माओवादी केन्द्र वृहत् बाम समाजवादी एकताको पक्षमा रहेको बताउनुहुँदै भन्नुभयो, 'छिट्टै एकीकृत र क्रान्तिकारी शक्ति निर्माण गर्छौ ।'
 
                                 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                