बुद्ध राई र आकार थापाको जोडी पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा पहिलो हुनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ ।
बन्दी सहायता नियोग (पाम) ले चार पटक ओलम्पिकमा सहभागिता जनाइ सक्नुभएकी अस्ट्रियाकी जुडो खेलाडी डा.सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको सहयोग रहने बताउनुभएको छ।
पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले सुर्खेत कुनाथरीका नेपाल नागरिक समान (सिस नेपाल) का अध्यक्ष ओम प्रकाश घिमिरे र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयासरत रहेको बताउनुभएको छ।
सामुदायिक वन दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासंघले गोरखापत्रकर्मी चाँदनी हमाललाई सम्मान गरेको छ ।
काठमाडौं, जेठ १८ गते। प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ। आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ। सभामुख अग्निप्रसाद सापकोटाले थप छलफलका लागि बिहीबार बिहान ११ बजे बैठक बस्ने सदनलाई जानकारी गराउनुभएको हो। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले बिहीबारको सम्भावित कार्यसूची सार्वजनिक गर्नुहुँदै आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने उल्लेख गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जानु पाण्डेकपिलवस्तु, जेठ १८ गते । कपिलवस्तुको वाणगंगा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका २ पडेरीयाका १० वर्षीय बालक अहमद रजा रहेका छन् । नदीमा नुहाउन गएकोबेला रजाको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो । मृतक वालकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
काठमाडौं, जेठ १८ गते । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी ओलम्पिक दिवस मनाईने भएको छ । आधुनिक ओलम्पिक स्थानमा भएको दिन अर्थात् हरेक बर्षको जुन २३ तारिख विश्वभर ओलम्पिक दिवस मनाउने गरिन्छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) अन्तर्गत स्पोर्ट्स फर अल कमिसनले नेपालमा विभिन्न खेलकुद आयोजना गरि १९ दिनसम्म ओलम्पिक दिवस मनाउन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले जानकारी दिनुभयो । खेलकुद लगायतका कार्यक्रमहरु जेठ २२ गते सुरु भई असार ९ गतेसम्म सञ्चालन हुनेछ । कमिसनले राष्ट्रिय खेलकुद संघ, विभिन्न विधालय, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रम गर्ने जनाएको छ ।
काठमाडौं, जेठ १८ गते। नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ। उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो। नेपालका लागि जापानी राजदूत किकुता युताकासँग बुधबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले जापानी लगानीको सुरक्षाका लागि आफूहरुले सरकारसँग पहल गर्नेसमेत बताउनुभएको छ। जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्र्दभमा अध्यक्ष मल्लले नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुहरुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गर्नुभयो। “वैदेशिक लगानीको सुरक्षाका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरेको छ, आगामी वर्षको बजेटमा सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानको लगानी सुरक्षाका लागि हामी प्रतिबद्ध छौँ,” अध्यक्ष मल्लले भन्नुभयो।अध्यक्ष मल्लले जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्दर्भमा नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गर्नुभयो। नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार गर्न राजदूतसमक्ष आग्रह गर्नुभयो।‘‘नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ६६ वर्ष पूरा भएको छ, जापानले जाइकालगायत आफ्ना विभिन्न दातृ निकायमार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ, दुई मुलुकबीच आर्थिक सम्बन्ध पनि उच्च छ, यसलाई व्यावसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहान्छौँ”, उहाँले भन्नुभयो।सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूतसँग आग्रह गर्नुभएको छ। भेटमा राजदूत युताकाले नेपाल र जापानबीचको दुईपक्षीय सम्बन्ध ऐतिहासिक भएको बताउनुभयो। राजदूत युताकाले भन्नुभयो, “दुई देशबीचको सम्बन्ध बलियो छ, यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहान्छौँ।”उहाँले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। राजदूतले नेपाल सरकारलाई जापान सरकारको तर्फबाट र आफ्ना दातृ निकायमार्फत् लामो समयदेखि सहयोग हुँदैआएको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने बताउनुभयो।जपानको लगानी भित्र्याउनका लागि नेपालले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाइ छ।
भूूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भू–उपयोग नियमावली, २०७९ कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले वर्षेनी किसानहरु पानी, मल र बिउ नपाएर समस्या झेल्न बाध्य भएको बताउनुभएको छ ।